नियम ३०
व्यापार व्यवसाय, इत्यादि

(१) कर्मचारीले समितिको स्वीकृति वेगर कुनै व्यापार व्यवसाय गर्न, फर्मको हिस्सेदार हुन वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न हु“दैन । तर सहायक चौथो तह वा सो सरह र सो भन्दा मुनिका कर्मचारीहरूको हकमा यो बन्देज लागू हुनेछैन ।
(२) समितिको स्थायी कर्मचारीले पत्र–पत्रिका संचालन गर्न वा पत्र–पत्रिका वा विदेशी समाचार समितिको प्रतिनिधि भै काम गर्न हु“दैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले साहित्यिक, ऐतिहासिक, वैज्ञानिक वा कलात्मक ढ·को कार्य गर्न सक्नेछ ।